सुरेन्द्र पाण्डेप्रति ओलीको कटाक्ष : के–काे जिम्मा लिनुपर्छ, लिनुपर्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गोली चलेको विषयमा कतिपयले राजीनामा गरेरमात्र नभएर गोली चलेको विषयको जिम्मा लिनुपर्ने भनेर गरेको टिप्पणी पार्टी र नेतृत्वमाथिको हमला भएको बताएका छन् ।
मंगलबार एमाले विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन अघि उपाध्यक्ष सुरेन्द्र पाण्डेको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो बताएका हुन् । ‘राजीनामामात्रै गरेर हुँदैन, जिम्मा लिनुपर्छ भन्नेहरू सुन्यौ, अहिलेपनि सुनिरहेका छौ’, अध्यक्ष ओलीले भने, ‘कतिपय मानिसहरू धरहरा मैले बनाएँ भनेर भन्ने मिल्ने गोली कसले चलायो भनेर थाहा पाइनँ भनेर भन्न मिल्छ ? जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् ।’
उनले यस्तो भनाइ एमाले पार्टी र नेतृत्वविरुद्धको स्पष्ट हमला भएको बताए । ‘यो लिडरसिपविरुद्धको हमला हो । जिम्मा लिनुपर्छ जिम्मा लिनुपर्छ भनेको के हो ? के काे जिम्म लिनुपर्छ,’ ओलीले भने, ‘प्रहरी र नेपाली सेनाले भनिरहेको छ परिस्थिति त्यस्तो बन्यो भनेर ।’
केही दिनअघि एमाले उपाध्यक्ष पाण्डेले धरहरा मैले बनाएको भन्नसक्नेले भदौ २३ मा गोली कसले चलायो भन्ने मलाई थाहा छैन भन्न मिल्छ भनेर प्रश्न गरेका थिए ।
उनले जनेजीहरुले विध्वंस नमच्चाएको भन्दै जेनजी आन्दोलनपछि बनेको सरकार शोकल्ड र असंवैधानिक भएको टिप्पणी गरे ।
नेपाली जनताले बनाएको नभई वैधानिकता नभएको सरकार भन्दै उनले प्रश्न गरे । ‘यो सरकार कसले बनायो ? जेनजीले त होइन भन्दै छन् । डिस्कर्डबाट बनाएको रे, टेलिफोनबाट भोटिङ भयो रे । यसरी दुनियाँबाट सरकार बन्छ ?’ उनले क्रान्तिबाट नभई प्रतिक्रान्तिबाट बनेको सरकार भन्दै लोकतन्त्र भत्काएको तथा संविधान मिचिएको बताए । अध्यक्ष ओलीले कसले सरकार बनाएको, कसले टिकाएको र कसले चलाएको छ भन्ने नै अन्योल रहेको भन्दै कसैकसैले संविधान राखौँ कि नराखौँ भनेर भनिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण