विदेशी स्टार खेलाडी सहित पोखरा र विराटनगरको यस्तो छ प्लेइङ ११
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले विराटनगर किङ्स विरुद्ध टस जितेको छ ।टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको छ भने विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ ।
पोखरामा राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल भुर्तेलको कप्तानी रहेको छ भने विराटनगरमा सन्दीप लामिछानेको कप्तानी रहेको छ ।
दुवै टिममा स्टार खेलाडीहरू रहेका छन् ।
यस्तो छ विराटनगर किंग्सको प्लेइङ–११
विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा विदेशी खेलाडी जर्ज मुन्से, मार्टिन गुप्तिल,मार्चेन्ट डे लांगे, शुभम रन्जनेसँगै राष्ट्रिय खेलाडीहरू लोकेश बम, नरेन भट्ट, बसीर अहमद, नारायण जोशी, प्रतीश जीसी र सूर्य तामाङ रहेका छन् ।
पोखरा एभेन्जर्सको यस्तो छ प्लेइङ ११
पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् । टोलीमा विदेशी खेलाडी एडम रोसिङटन, जिमी नीशम, म्याट टेलर र ड्यान् डोथवेट रहेका छन् ।
घरेलु खेलाडीहरूमा दिनेश खरेल, त्रितराज दास, किरण थागुना, अभिषेक तिवारी, आकाश चन्द र सागर ढकालले स्थान पाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण