मधेस प्रदेशसभा बैठक आह्वान गर्न ७ दलकाे माग
जनकपुर । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी ७ दलका प्रदेशसभा सदस्यहरूको टोलीले उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक आह्वान गर्न माग गरेका हुन् ।
विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे ।
प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरूले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए ।
प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन ।
प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद तथा सभामुखले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले डाकेको छैन ।
सभामुखले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि विपक्षी ६४ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरी सभामुखविरुद्ध नै प्रस्ताव दर्ता गराएपछि उपसभामुख राउतलाई प्रदेशसभा बैठक आह्वान गर्न र प्रदेशसभा बैठक सञ्चालन गर्न माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण