सोमपालले भने– ब्याटिङ र बलिङ दुवै युनिट राम्रो नहुँदा हार्यौँ
काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवन राइनोजसँग हार व्यहोरेको बताएका छन् ।
एनपीएलको पहिलो खेलमा चितवनसँग हार व्यहोरेपछि कर्णालीका कप्तान सोमपालले ब्याटिङ बलिङ दुवैमा राम्रो गर्न नसकिएको बताएका हुन् ।
ओपनर प्रियान्क पन्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि इनिङमा रन कम भएको उनले उल्लेख गरेका छन् । त्यसैले पनि २० रन जति कम परेको कप्तान सोमपालको भनाइ छ । उनले चितवनले पनि धेरै राम्रो ब्याटिङ गरेको बताए ।
विदेशी खेलाडीलाई नयाँ पिचमा खेल्न गाह्रो हुने र आफ्ना केही खेलाडीका लागि पनि असहज भएको उनको बुझाइ छ । उनले अभैm खेल बाँकी रहेको र कमब्याक गर्ने आशा व्यक्त गरेका छन् । सबैलाई आफ्नो भूमिका दिइएको र त्यसप्रति खेलाडी पनि तयार नै रहेको उनले उल्लेख गरे ।
नन्दन यादवले सैब जैबको क्याच छाड्नुलाई उनले खेलको कुनै एक पक्ष रहेको र हारमा उनलाई दोष दिन नमिल्ने उनले बताएका छन् । चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सुरुआत नराम्रो भए पनि योजनाअनुरूप ब्याटिङ भएपछि जित निस्किएको बताए ।
मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफ्ना खेलाडीले राम्रो खेलेको उनको भनाइ छ । रबि बोपारा र सैब जैबले पनि राम्रो ब्याटिङ गरेको भन्दै उनले प्रंशसा गरेका छन् ।
पिच स्पिनरका लागि फेबर हुने खालको नभएकाले कुशल मल्लले धेरै रन व्यहोर्नु परेको उनी बताउँछन् ।
विदेशी र घरेलु खेलाडी राम्रो भएकाले राम्रो नतिजा आउने उनको विश्वास छ । पिच बलिङका लागि भन्दा ब्याटिङमा मद्दत पुग्ने खालको रहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण