एनपीएल
बम र गप्टिल चम्किँदा पोखरालाई विराटनगरको विशाल लक्ष्य
मङ्गलबार, ०२ मङ्सिर २०८२, १७ : ५४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ओपनर लोकेश बम र स्टार ब्याटर मार्टिन गप्टिलले आक्रामक पारी खोल्दा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई विशाल लक्ष्य दिएको छ । विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनाउन सक्यो ।
बमले ४८ बलमा ७ छक्का र एक चौकासहित ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए ।
यस्तै शुभमन रन्जनेले १६ बलमा ३८ रन, बसिर अहमनले १३ बलमा २३ र ओपनर जर्ज मुन्सेले ६ बलमा १० रन र नारायण जोशीले ११ रन बनाए ।
पोखराका लागि म्याट टेलर ४ ओभरमा २ विकेट लिँदा ४८ रन खर्चिए । यस्तै सागर ढकाल र कुशल भुर्तेल र आकाश चन्दले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण