स्वास्थ्य केन्द्रका लागि पाँच रोपनी बढी जग्गा दान
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटार आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यहाँका दुई व्यक्तिले पाँच रोपनी १२ आना जग्गा दान गरेका छन् ।
स्थानीय अमृता आले र नरबहादुर थापाले करिब रु चालिस लाख बराबरको जग्गा दान गरेका हुन् । पहिलो चरणमा एक ढलानको चारकोठे सुविधा सम्पन्न भवन निर्माणको लागि काम सुरु गरिएको कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए ।
व्यास नगरपालिकाको सहयोगमा रु २५ लाख बजेट विनियोजनपश्चात् भवन निर्माणका लागि शिलान्यास गरी काम अघि बढाइएको कार्यवाहक वडाध्यक्ष आलेले बताए ।
उनले भने,“वडा कार्यालय परिसरमा रहेको एक भवनबाट काम चलाउ किसिमले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छौँ ।”
विसं २०७२ को भूकम्पले उक्त भवन चर्किएर छियाछिया भएकाले जोखिम मोलेर कर्मचारीले सेवा दिँदै आएकाले नयाँ भवनका लागि पहल गरिएको हो ।
उक्त स्वास्थ्य केन्द्रमा वडावासीका साथै छिमेकी पालिका बन्दीपुर–३ का सुखौरा र रामकोटलगायत क्षेत्रका बासिन्दाले सहज रूपमा सेवा लिँदै आएको अध्यक्ष आलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण