बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सन्तुलित टिम भएकाले जित सहज भयो  :  सन्दीप लामिछाने

बुधबार, ०३ मङ्सिर २०८२, ०७ : १३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेञ्जर्सविरुद्धको जित सहज भएको बताए।
  • पोखरा एभेञ्जर्सलाई ५३ रनले पराजित गरेपछि उनले आगामी दिनमा अझ मेहिनतका साथ खेल्ने बताए ।
  • पोखराका कप्तान कुशल भुर्तेलले बलिङ राम्रो नभएको र साझेदारी हुन नसकेको बताए।

काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले पोखरा एभेञ्जर्स विरुद्धको जित सहज भएको बताएका छन् । 

नेपाल प्रिमियर लिग (एनपिएल) को मंगलबारको दोस्रो खेलमा पोखरा एभेञ्जर्सलाई ५३ रनले पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “प्रतियोगिताको सुखद सुरूआत भएको छ, आगामी दिनमा अझ मेहिनतका साथ खेल्ने छौँ, सुधार गर्नुपर्ने धेरै कुरा छ ।” पोखरा सामू विशाल लक्ष्य बनाएकाले बलिङमा दबाब नपरेको उनले बताए । 

विराटनगर किङ्समा प्रशिक्षकका रुपमा पुबुदु दसानायके र खेलाडीका रूपमा फाप डु प्लेसिस आउन बाँकी रहेको उल्लेख गर्दै उनले त्यसपछि टिम थप सन्तुलित बताए । 

पोखराका कप्तान कुशल भुर्तेलले बलिङ राम्रो नभएको बताए । “टस जितेपछि बलिङ रोजेका थियौँ, तर धेरै रन खर्चियौँ”, उनले भने, “हाम्रो सुरुआती ब्याटिङ राम्रो भए पनि साझेदारी हुन सकेन ।”

जारी प्रतियोगितामा बुधबार काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप