एपस्टाइन फाइल सार्वजनिक गर्न अमेरिकी कंग्रेसले दियो मन्जुरी
सारांश
- अमेरिकी कंग्रेसले यौन दुराचार मामिलाका दोषी जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने निर्णय गरेको छ।
- प्रतिनिधि सभामा ४२७ मतले फाइल सार्वजनिक गर्ने पक्षमा मतदान भयो भने सिनेटले पनि सर्वसम्मतिले यसलाई अनुमोदन गर्यो।
- राष्ट्रपति ट्रम्पले पनि सुरुमा विरोध गरे पनि पछि आफ्नो धारणा बदल्दै फाइल सार्वजनिक गर्न सहमति जनाएका हुन्।
वासिङ्टन डीसी । न्याय मन्त्रालयलाई यौन दुराचार मामिलाका दोषी जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइल सार्वजनिक गर्न आदेश दिने कुरामा अमेरिकी कंग्रेसको दुवै सदन सहमत भएका छन् । प्रतिनिधि सभाले ४२७ मतले सो फाइल सार्वजनिक गर्ने पक्षमा मतदान गरेको थियो । यसको विपक्षमा एक मात्रै मत खसेको थियो ।
फाइलमा भएका जानकारी सार्वजनिक गर्दा निर्दोष मानिसहरूलाई घात हुन सक्ने भन्दै रिपब्लिकन सांसद क्ले हिगिन्सले विपक्षमा मत दिएका थिए ।
सिनेटले पनि औपचारिक मतदान नगरी सर्वसम्मतिले यसलाई मन्जुरी दिएको छ । फाइल रिलिजको विरुद्धमा रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले यूटर्न लिएको केही दिनमा यो निर्णय आएको हो । एपस्टाइन फाइलमामिलामा आफ्नै समर्थकहरूले समेत विरोध गर्न थालेपछि ट्रम्पले रिपब्लिकन सांसदहरूलाई फाइल सार्वजनिक गर्ने पक्षमा मतदान गर्न भनेका थिए ।
२० हजार पृष्ठ लामो यस फाइलमा केही ठाउँमा ट्रम्पको समेत नाम छ । ट्रम्पले नराम्रो काम गरेको भन्ने कुराको ह्वाइट हाउसले खण्डन गरेको छ ।
ट्रम्प र एपस्टाइनबीच धेरै वर्षसम्म मैत्रीपूर्ण सम्बन्ध थियो । तर ट्रम्पले २००० को दशकको सुरुवातमा सम्बन्ध तोडेको बताएका छन् । एपस्टाइनको यौन दुर्व्यवहार र बेचबिखनमा आफ्नो कुनै पनि संलग्नतालाई उनले सधैँ अस्वीकार गर्दै आएका छन् । आफूहरूसँग लुकाउन केही नभएको भन्दै ट्रम्पले आइतबार राति प्रतिनिधि सभामा रिपब्लिकनहरूलाई फाइल सार्वजनिक गर्ने पक्षमा मत दिन भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण