राजनीति
महेश बस्नेत बारा आउने थाहा पाएपछि जेनजीले घेरे सिमरा विमानस्थल
बुधबार, ०३ मङ्सिर २०८२, ११ : ४४
सारांश
- नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन बारा आउने भएपछि युवाहरुले विरोध जनाएका छन्।
- बस्नेत बारा आउने कार्यक्रमको विरोध गर्दै सिमराका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेका छन्।
- विमानस्थलमा बस्नेतलाई लिन एमाले नेताहरू पुगेका छन् भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।
बारा । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् ।
एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारा आइपुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म आइपुगेका भने छैनन् ।
सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ ।

नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् ।

बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण