समाज कल्याणमा दोहोरिए कांग्रेस निकट मनोज
काठमाडौँ । सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाइलाई नै दोहर्याउने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७८ सालमा परिषद्को सदस्यसचिव भएका भट्टलाई नै दोहोर्याउने निर्णय मंसिर २ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
भट्ट कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेकी तारादेवी भट्टका छोरा हुन् । पहिलो कार्यकालमा राम्रो कार्यसम्पादन नगरी विवादित भएका भट्टराई दोहर्याएर नियुक्त गर्न लागेको भन्दै विरोध समेत भइरहेको छ ।
भट्ट कांग्रेस सभापाति देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवा निकट रहेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।
अघिल्लो कार्यकालमा भट्टविरुद्ध उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि त्यसबारे छानबिन गर्न सरकारले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
२०८० सालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका सुरेन्द्र आचार्यले भट्टराई पदबाट हटाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चको अन्तरिम आदेशबाट भट्ट समाज कल्याण परिषद्मा फर्किदा विवादसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण