काठमाडौँका करणले लगातार विकेट लिँदा सुदूरपश्चिमको खराब सुरुवात
बुधबार, ०३ मङ्सिर २०८२, १६ : २२
काठमाडौँ । जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सको लगातार ३ विकेट झरेको छ । काठमाडौँ गुर्खाजका कप्तान करण केसीले व्यक्तिगत र टिमका लागि लगातार ३ विकेट लिँदै उत्कृष्ट सुरुवात गरेका हुन् ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगे ।
लगातार विकेट गुमेर रन बनाउन सङ्घर्ष गरिरहेको सुदूरपश्चिमका लागि अहिले इशान पाण्डे र आरिफ शेख क्रिजमा छन् । ४ ओभरमा सुदूरपश्चिमले जम्मा ११ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण