पावर प्लेमै सुदूरपश्चिमको ४ विकेट पतन
बुधबार, ०३ मङ्सिर २०८२, १६ : ३६
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङमा आएको सुदूरपश्चिम रोयल्सले पावर प्ले मै ४ विकेट गुमाएको छ । काठमान्डुको लागि मिलिन्द कुमारले इशान पाण्डेलाई ११ रनमा आउट गरेसँगै सुदुरपश्चिम संकटमा आएको छ ।
पाण्डेले एक चौका र एक छक्का सहित ११ रन बनाएर सम्हालन खोजेका थिए तर मिलिन्दले आदिल आलमबाट क्याच गराएका हुन् ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगेका थिए ।
७ ओभरमा सुदुरपश्चिमले ३५ रन मात्रै बनाउन सकेको छ । सुदुरपश्चिमको लागि कप्तान दिपेन्द्र सिंह ऐरी र अनुभवी ब्याटर आरिफ शेखले ब्याटिङ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण