चार महिनामा ३८६ जनामा स्क्रब टाइफस
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।
यही मङ्गलबारसम्म यहाँका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार ४५३ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये २९० जना चितवनका हुन भने ९६ जना चितवन बाहिरका रहेका छन् ।
चितवनका १९५ जना महिला र ९५ जना पुरुषमा यो रोगको सङ्क्रमण देखिएको हो । साउनयता अस्पतालमा उपचारका लागि आएकामध्ये यो रोगको सङ्क्रमण जिल्ला बाहिरका २४ जना पुरुष र ७२ जना महिलामा देखिएको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन् । यस पालिकामा १०८ जनामा स्क्रब टाइफस देखिएको हो ।
यस्तै, खैरहनी नगरपालिकामा ६८ जना, राप्ती नगरपालिकामा ३७ जना, कालिका नगरपालिकामा ३६ जना, भरतपुर महानगरपालिकामा २९ जना, माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा सात जनामा यो रोग देखिएको कार्यालयले जनाएको छ ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।
स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गरेको उनले बताए ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण