केन्द्रीय सुरक्षा समिति बैठक निर्णय : प्रदेशमा कमाण्ड पोष्ट बनाउन पत्राचार गरिने
सारांश
- केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल गरेको छ।
- फागुन २१ मा हुने निर्वाचनका लागि प्रदेश कमाण्ड पोष्ट गठन गर्न पत्राचार गर्ने निर्णय गरियो।
- एकीकृत सुरक्षा योजना अनुसार प्रदेश मुख्य सचिवको संयोजकत्वमा कमाण्ड पोष्ट गठन हुनेछ।
काठमाडौँ । गृह मन्त्रालयमा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ ।
फागुन २१ मा हुने निर्वाचनमा मजबुत सुरक्षा व्यवस्थापन गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुसार ‘प्रदेश कमाण्ड पोष्ट’ गठन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
यसअघि केन्द्रीय सुरक्षा समितिबाट पारित भएको एकीकृत सुरक्षा योजना जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश स्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गर्ने व्यवस्था एकीकृत सुरक्षा योजनामा छ ।
सो योजना अनुसार प्रदेश मुख्य सचिवका संयोजकत्वमा कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गर्न केन्द्रीय सुरक्षा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
प्रदेश कमाण्ड पोष्टमा प्रदेश स्थित सबै सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव, तथा प्रमुख जिल्ला अधिकारीहरू आमन्त्रित सदस्य हुन्छन् ।
बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण