शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ओलीको टिप्पणी : आजको जमानामा कसैले नछानेको 'हाहु'को सरकार ! (पूर्णपाठ)

बुधबार, ०३ मङ्सिर २०८२, २१ : ३०
बुधबार, ०३ मङ्सिर २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आयोजित काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको अन्तर–संवाद कार्यक्रममा वर्तमान सरकारको कडा आलोचना गर्दै सुशासन र पार्टी एकतामा जोड दिएका छन् ।

उनले 'हाहु' को सरकार भन्दै जनताद्वारा छानिएको नभई स्वेच्छाचारी ढंगले बनेको टिप्पणी गरे । उनले भने, 'आजको जमानामा कसैले नछानेको सरकार ! अचम्मको छ ।कसले बनायो भन्दा को हो को हो, कोही पनि छैन बनाउने । कोही छैन बनाउने । यो केमा अडेको छ भन्दा के मा अडेको छ, के मा अडेको छ ! यसको जग पनि छैन । '

ओलीले सुशासनका तीन पक्ष–शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र छिटोछरितो सेवा प्रवाहमा जोड दिँदै एमालेका जनप्रतिनिधिहरूले राम्रो काम गरिरहेको दाबी गरे । उनले दुर्गा प्रसाईंको गिरफ्तारी र एमालेका कार्यक्रममाथि भएका आक्रमणको निन्दा गर्दै अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताए । 

अध्यक्ष ओलीले ५ मंसिरमा युवाहरूको 'नेसनल भोलेन्टियर फोर्स' गठन गरिने र ६ मंसिरमा काठमाडौँमा विशाल र्‍याली आयोजना गरिने घोषणा पनि गरे । उनले पार्टीभित्र एकता कायम गरी विरोधीहरूको मुकाबला गर्न र देशमा शान्ति, सुशासन र लोकतन्त्र बहाल गर्न सबैलाई सक्रिय हुन आह्वान पनि गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप