राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
बुधबार, ०३ मङ्सिर २०८२, २२ : ४८
सारांश
- सरकारले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ।
- स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई मिर्गौला रोग विशेषज्ञको रूपमा नियुक्त गरिएको हो।
- यसअघि डा पुकारचन्द्र श्रेष्ठले सम्हालेको पदमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरिएको हो।
भक्तपुर । सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोही केन्द्रमा लामो समयदेखि कार्यरत ‘सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट’ (मिर्गौला रोग विशेषज्ञ) श्रेष्ठलाई केंन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि उक्त पदमा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ रहेका थिए । उनको गत महिना अवकाश भएपछि रिक्त रहेको सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिए ।
उनले आजै पदभार ग्रहण गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण