बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

योजनाबद्ध र आत्मविश्वासका साथ प्रस्तुत हुँदा खेल जित्यौँ: प्रशिक्षक टमटा

बुधबार, ०३ मङ्सिर २०८२, २३ : २३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाजलाई २९ रनले हरायो।
  • सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले योजनाबद्ध र आत्मविश्वासका साथ प्रस्तुत भएर जित हासिल गरेको बताए।
  • काठमाडौँ गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङमा चुक्दा हार बेहोर्नुपरेको बताए।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुआत गरेको छ । 

रोमाञ्चक खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले हरायो । जितपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले योजनाबद्ध र आत्मविश्वासका साथ प्रस्तुत हुँदा  जित हासिल भएको प्रतिक्रिया दिएका छन्। उनले भने “टस हारेर ब्याटिङको निम्तो पाउँदा खराब सुरुआत भयो, तर त्यसपछि आवश्यक योजना र निश्चित रणनीतिका साथ अगाडि बढ्यौँ । फाइटिङ स्कोर बन्यो र बलिङबाट पनि जित्छौँ भन्ने आत्मविश्वासले काम गर्‍यो ।” 

‘पावर प्ले’मा चार विकेट गइसक्दा धड्कन नै बढेको अनुभव सुनाउँदै टमटाले त्यसपछि  ‘ब्याटिङ’मा कप्तान दीपेन्द्रसिंह ऐरीलाई दिएको भूमिका निभाउँदा र हरमित सिंहले आक्रामक खेल्दा जित सहज भएको धारणा राखे। “दीपेन्द्र र आरिफ सेखबिचको साझेदारी पनि महत्त्वपूर्ण रह्यो, जसको मद्दतले प्रतिस्पर्धात्मक लक्ष्य बन्न पुग्यो र त्यसपछि  बलिङबाट पनि जित्ने प्लानअनुसार अगाडि बढेको र त्यसमा सफलता हात पारेको हो”, उनले भने । 

हारपछि काठमाडौँ गोर्खाजका  प्रशिक्षक मोन्टी देसाईले भने ब्याटिङमा चुक्दा पराजित भइएको बताए । उनले भने, “सबै खेलाडीलाई आ–आफ्नो जिम्मेवारी दिएका थियौँ। त्यसमा असफल भयौँ । आगामी खेलमा सुधार्दै लैजान्छौँ ।”

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप