शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जलवायु सम्झौताका लागि दबाब दिन लुला बेलेममा

बिहीबार, ०४ मङ्सिर २०८२, ०० : ४७
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा जलवायु वार्तामा सहमति जुटाउन बेलेम पुगेका छन्।
  • कोप ३० आयोजक ब्राजिलले मस्यौदा सम्झौता जारी गर्‍यो, तर फ्रान्सले तत्काल सहमति असम्भव रहेको बतायो।
  • विभिन्न देशहरूबीच जीवाश्म इन्धन, जलवायु वित्त, र व्यापार उपायहरूमा असहमतिहरू छन्।

बेलेम। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा संयुक्त राष्ट्रसङ्घको जलवायु वार्तामा शीघ्र सम्झौतामा पुग्न वार्ताकारहरूलाई दबाब दिन बुधबार बेलेम आइपुगेका छन् । 

कोप ३० आयोजक ब्राजिलले अमेजोनियाली शहर बेलेममा सम्मेलन समाप्त हुनुभन्दा दुई दिनअघि बुधबारसम्म राष्ट्रहरूले सबैभन्दा विवादास्पद बुँदाहरूमा सहमति जुटाउने आशा गर्दै मङ्गलबार एक मस्यौदा सम्झौता जारी गरेको थियो। 

वार्षिक भेलामा राज्य वा सरकार प्रमुखको दुर्लभ अन्तिम चरणको भ्रमणमा राष्ट्रपतिको उपस्थितिका कारण जलवायु वार्तामा सहमति जुटाउन सकिने विश्वासका साथ राष्ट्रपति लुला बेलेम पुगको देखिन्छ। 

ब्राजिलका राष्ट्रपति लुलाले ‘कोप अफ ट्रुथ’ र जलवायु अस्वीकार गर्नेहरूको विरुद्ध विजय हासिल गर्न सफलता हासिल गर्न धेरै राजनीतिक पुँजी लगानी गरेका छन्। 

लुलाले उदीयमान देशहरू, युरोप, टापु राष्ट्रहरू, आदिवासी समूहहरू र नागरिक समाजका प्रतिनिधिहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। 

कोप ३० का प्रमुख ब्राजिलियन कूटनीतिज्ञ आन्द्रे कोरिया डो लागोले विश्वका धनी राष्ट्र, विकासशील देशहरू र तेलको धनी राष्ट्रबिचको विभाजनलाई कम गर्ने प्रयासमा चौबीसै घण्टा काम गर्न वार्ताकारहरूलाई दबाब दिइरहेको बताइएको छ। 

यी असहमतिहरू व्यापार उपायहरूको प्रभाव, जीवाश्म इन्धनबाट टाढा जाने भाषा, र विकसित देशहरूले गरिब राष्ट्रहरूलाई थप जलवायु वित्त प्रदान गर्ने मागमा केन्द्रित छन्।

फ्रान्सका पारिस्थितिक सङ्क्रमण मन्त्री मोनिक बार्बुटले बुधबारपहिले नैसम्झौता गर्ने ब्राजिलको विश्वास सम्भव नभएको बताएका छन्। 

“होइन, आज कोपको सहमतिका लागि निर्णय हुनेछैन। यो कसरी हुन सक्छ म देख्दिन,” बार्बुटले एएफपीसँग भने । 

बार्बुटले युरोपेली सहकर्मीहरूसँगको समन्वय बैठकपछि भने, “सम्झौताका लागि अझै केही वैचारिक भिन्नताहरू छन् । हामी अझै पनि लक्ष्यबाट धेरै टाढा छौँ । हाम्रो लागि यो एउटा व्यापक प्याकेज हुनुपर्दछ।” 

यद्यपि उनले आफू सहमतिका लागि अघिल्लो दिनभन्दा ‘बढी आशावादी’ भएको बताए। 

मस्यौदाले युरोप र टापु राष्ट्रहरूको नेतृत्वमा रहेको व्यापक गठबन्धन र जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्न ‘रोडम्याप’ को लागि जोड दिइरहेको र तेल उत्पादक देशहरूको नेतृत्वमा रहेको विरोधी समूहबिचको भिन्नता कम गर्न जोड दिएको छ।

ईयू जलवायु आयुक्त वोप्के होक्स्ट्राले एक पत्रकार सम्मेलनमा भने, “चाहे हामी यसलाई रोडम्याप भनौँ वा फरक शब्द प्रयोग गरौँ, मलाई लाग्छ कि यो गौण छ। तर पनि हामी यो विचार धेरै मन पराउँछौँ।” 

जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र नवीकरणीय ऊर्जा प्रयोग गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन विकसित देशहरूको दबाबलाई लिएर वार्ताकारहरू पनि विवादमा छन्।

धेरै देशहरू आर्थिक प्रतिकूलता र बढ्दो ऋणको सामना गरिरहेको इयूले ती मागहरूको विरोध गरिरहेको छ।

“हामी अनुकूलन वित्तमा कुनै वृद्धि हेरिरहेका छैनौं,” आयरल्याण्डका जलवायु मन्त्री डार्राघ ओब्रायनले भने । 

बुधबार नयाँ प्रस्ताव प्रकाशित हुँदैछ । तालिका अनुसार कोप–३० शुक्रबार समाप्त हुनुपर्नेछ तर जलवायु शिखर सम्मेलनहरू धेरैजसो तालिकाभन्दा बढी समय चल्नेगरेको अनुभव रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप