पहिलो चौमासिकमा ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता
सारांश
- चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भयो।
- सबैभन्दा धेरै लगानी कृषि तथा वनमा आधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ।
- सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा धेरै परियोजना दर्ता भए पनि लगानी रकम कम छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो ।
उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भए पनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिब ८७ करोड ४३ लाख रुपैयाँको प्रतिबद्धता गरिएको छ ।
सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वन आधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ, जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।
पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड,ऊर्जामूलक १ वटा उद्योगका लागि १८ करोड, खानी क्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण