सामान्य अङ्कले घट्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो ।
आज बजारमा ४ अर्ब ६८ करोडको कारोबार भयो । बजारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ ।
आज समूहगत रुपमा सात समूहको सूचक बढ्दा सबैभन्दा धेरै वृद्धि होटल तथा पर्यटन समूहमा १.१६ प्रतिशतले भयो । अरू सबै समूहका एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव भएको छ।
आज बजारमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेका छन् ।
आज धेरै कारोबार भएकामध्ये कम्पनीमा साहस ऊर्जा ४१ करोड ८० लाखको शेयर किनबेच भएको छ । त्यसपछि धेरै कारोबार हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण