जेनजी बलिदानको उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थाले : जनार्दन शर्मा
काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले पुराना दलहरू जेनजी बलिदानको उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा केन्द्रीकृत हुन थालेको बताएका छन् ।
२०७९ साल मंसिर ४ गते पाँच वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
शर्माले दलहरूमा पहिले देखिनै सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेको बताए ।
उनले देश र जनताको हितलाई सर्वोपरि मान्ने सम्पूर्णलाई नयाँ ढङ्गबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकासका लागि सहकार्य गर्न आव्हान समेत गरेका छन्।
जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरूले जनप्रतिनिधिहरूलाई भ्रष्टाचार विरुद्ध, सुशासन र विकाशको पक्षमा परिचालन नगरेर भ्रष्टाचार र कुशासनको प्रवर्द्धन गरेको कारण गत भदौमा जेनजी विद्रोह भएको बताए । परिणामस्वरूप फागुन २१ गते नयाँ निर्वाचन घोषणा भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण