बिरामी छन् नीतीश कुमार, के भन्छन् छोरा निशान्त ?
काठमाडाैँ । बिहारमा नीतीश कुमारले १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसैबिच नीतीशका छोरा निशान्त कुमारले पिताको स्वास्थ्यबारे चलिरहेको अफवाहको जवाफ दिएका छन् ।
‘म मेरो बुबालाई बधाई दिन्छु, १० औँ पटक मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई भारी बहुमतले जिताउने जनतालाई म धन्यवाद दिन्छु ।’ बिहीबार पटनाको गान्धी मैदानमा शपथ ग्रहण समारोहपछि निशान्त कुमारले बीबीसी संवाददाता सितु तिवारीलाई भने ।
‘मलाई आशा छ कि जसरी पहिले पनि उहाँले विकास गर्नु भएको थियो, भविष्यमा पनि यो काम राख्नु हुनेछ ।’ अझ अगाडि उनले भने ।
पिताको स्वास्थ्यबारे निशान्त कुमारले भने, ‘सबै कुरा सामान्य छ । स्वास्थ्य पूर्ण रूपमा ठिक छ । जनताले हामीलाई जनादेश दिएका छन्, सबै ठिक छ ।’
बिहीबार राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिने क्रममा नीतीश थोरै लडखडाएपछि उनी बिरामी छन् कि भन्ने अफवाह चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण