शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

लाल किल्ला विस्फोट प्रकरणमा थप चार अभियुक्त पक्राउ

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ४६
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले नोभेम्बर १० मा दिल्लीको लाल किल्ला बाहिर भएको विस्फोटमा संलग्न थप चार जना प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ ।

यससँगै यस प्रकरणमा पक्राउ पर्नेको कुल सङ्ख्या ६ पुगेको छ । एनआईएले पटियाला हाउस अदालतका जिल्ला सत्र न्यायाधीशको पेशीको आदेशमा जम्मू कश्मीरबाट चार जना अभियुक्तलाई हिरासतमा लिएको हो । 

एनआईएले अभियुक्तलाई पुलवामा (जम्मू कश्मीर) निवासी डा. मुजम्मिल शकील गनई, अनन्तनाग (जम्मू कश्मीर) निवासी डा. आदिल अहमद राथेर, लखनऊ (उत्तर प्रदेश) निवासी डा. शाहीन सईद र शोपियान (जम्मू कश्मीर) निवासी मुफ्ती इरफान अहमद वागेको रुपमा भनेर पहिचान गरेको छ । 

एनआईए अनुसन्धानका अनुसार, तिनीहरू सबैले आतङ्कवादी हमलामा प्रमुख भूमिका खेलेका थिए । लाल किल्लामा भएको विस्फोटमा परेर १५ जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।

अनुसन्धानलाई तीव्र पार्दै, एनएनआईले यस अघि नै अन्य दुई  जना अभियुक्तलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा आमिर रशिद अली र जसिर बिलाल वानी उर्फ दानिश छन् ।

अलिको नाममा विस्फोटमा प्रयोग गरिएको कार दर्ता गरिएको छ भने दानिशले घातक आक्रमणमा संलग्न आतङ्ककारीलाई प्राविधिक सहयोग गरेका थिए । एनआईएले संदिग्धहरूसँग सोधपुछ गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप