१५ वर्षीया टिया आचार्य बेलायतमा काउन्सिलर
सारांश
- बेलायतमा १५ वर्षीया नेपाली छात्रा टिया आचार्य युथ काउन्सिलरमा छनोट भएकी छिन्।
- उनले युवाहरूको आवाज स्थानीय प्रशासनसम्म पुर्याउने र नेतृत्व विकासमा योगदान गर्नेछिन्।
- आचार्यले समुदाय सुरक्षा र युवा कल्याणका परियोजनामा सक्रिय भूमिका खेल्नेछिन्।
लन्डन । बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्।
सो पदका लागि प्राप्त धेरै आवेदनमध्ये टिया आचार्यको आवेदन उत्कृष्ट रहेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार विचार, उत्साह र नेतृत्व–सीपलाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएकी टिया हाउन्स्लो युथ काउन्सिलकी सदस्य हुन योग्य ठहरिएकी हुन्।
आचार्यलाई नयाँ युथ काउन्सिलरको रूपमा पाउँदा खुसी व्यक्त गर्दै हाउन्स्लो युथ काउन्सिलले उनको सहभागिताले स्थानीय बालबालिका तथा युवाहरूका लागि महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरेको छ।
युथ काउन्सिलरको भूमिका युवाहरूको आवाजलाई स्थानीय प्रशासनसम्म पुर्याउने, नीतिगत छलफलमा योगदान गर्ने तथा नेतृत्व विकासका अवसर प्रदान गर्नेमा केन्द्रित हुन्छ।
टियाले समुदाय सुरक्षासम्बन्धी हिंसा विरुद्धका अभियान तथा युवा कल्याणसँग जोडिएका महत्त्वपूर्ण परियोजनामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसबाहेक, उनले हाउन्स्लो बरोको तर्फबाट 'राष्ट्रिय युथ पार्लामेन्ट'मा समेत प्रतिनिधित्व गर्नेछिन्।
पुर्ख्यौली घर बागलुङ भएकी आचार्य नेपालमा एनिमल राइट्स, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि परोपकार र सहयोगी गतिविधिमा पनि सक्रिय रहिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण