शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प र ममदानीबिच ह्वाइट हाउसमा भेटवार्ताको तयारी

शुक्रबार, ०५ मङ्सिर २०८२, १० : ३१
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र नवनिर्वाचित मेयर ममदानीबीच ह्वाइट हाउसमा भेटघाट हुँदैछ।
  • ह्वाइट हाउसले ममदानीलाई 'कम्युनिस्ट' भन्दै टिप्पणी गरेको छ, तर ट्रम्पले भेट्न तयार रहेको बताए।
  • ममदानीले न्यूयोर्क सहरका मुद्दाहरूमा छलफल गर्न भेटघाट चाहेका हुन्।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबिच शुक्रबार ह्वाइट हाउसमा भेट हुन लागेको छ ।  

यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘एक कम्युनिस्ट आउँदैछन्,’ ममदानीतर्फ संकेत गर्दै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकारसँगको कुराकानीमा भनेकी थिइन् । 

अमेरिकी जनतालाई फाइदा हुन्छ भने ट्रम्प जो कोहीलाई भेट्न तयार रहेको पनि उनले बताइन् ।

 मेयर शुक्रबार ओभल अफिसमा आउने कुरा राष्ट्रपति आफैंले घोषणा गरेको पनि उनले बताइन् । न्यूयोर्क सहर ट्रम्पले अपेक्षा गरेको भन्दा बढी वामपन्थी हुँदै गइरहेको पनि उनले बताइन् । 

यसअघि बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै ममदानीले आफूसँग भेट्नका लागि समय मागेको र यो भेट नोभेम्बर २१ मा ओभल अफिसमा हुने लेखेका थिए ।

केही महिनायता ट्रम्प र ममदानीबीच द्वन्द्व चलिरहेको छ । तर, ममदानीको टोलीले हालै न्यूयोर्क सहरको बढ्दो महँगी र आवास संकट जस्ता मुद्दाहरूमा छलफल गर्न ह्वाइट हाउसलाई सम्पर्क गरेको भन्दै सञ्चार माध्यमले समाचार छापेका थिए । ममदानीले यसरी ट्रम्पलाई भेट्न खोज्नु उनको चुनावी अभियान भन्दा नम्र व्यवहहार हो ।

चुनावी अभियानको क्रममा ममदानीले ट्रम्पलाई लोकतन्त्रको लागि खतरा भन्दै उनलाई टक्कर दिने हिम्मत आफूसँग मात्रै भएको दाबी गरेका थिए । ७९ वर्षका रिपब्लिकन ट्रम्प र ३४ वर्षका डेमोक्रेटिक ममदानीको एकअर्काभन्दा विल्कुल उल्टा छन् ।

 ममदानीले गैरकानूनी आप्रवासीमाथि कारबाहीमा सहयोग नगरे उनलाई समात्ने र नागरिकता नै खोस्ने चेतावनी ट्रम्पले दिएका थिए । ट्रम्पले ममदानीलाई बारम्बार कम्युनिस्ट भन्दै गाली गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप