मेक्सिकोकी फातिमा बोश बनिन् मिस युनिभर्स
सारांश
- मेक्सिकोकी फातिमा बोश फर्नाडेंज मिस युनिभर्स २०२५ को विजेता बनिन्।
- अघिल्लो वर्षको मिस युनिभर्सले ताज पहिर्याएपछि, दुई निर्णायकले राजीनामा दिएका थिए।
- बोशले महिला सशक्तीकरण र सुरक्षित स्थानको कुरा गरेकी थिइन्।
बैंकक । मेक्सिकोकी २५ वर्षीया फातिमा बोश फर्नाडेंज मिस युनिभर्स घोषित भएकी छिन् । गत वर्षकी मिस युनिर्भस डेनमार्ककी विक्टोरिया कजेरले बोशको शिरमा ताज पहिराइदिएकी छन् । प्रतिस्पर्धामा चलखेल भएको भन्दै दुई जजले राजीनामा दिएको एक हप्तापछि यो निर्णय आएको हो ।
फातिमा बोश त्यही प्रतियोगी हुन् जसले स्याश सेरोमनीका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इटसाराग्रिसिलले ‘डम्बहेड’ भनेपछि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन् । विवादपछि सबै प्रतियोगीहरूले उनको समर्थनमा सेरोमनी नै छोडेर बाहिर निस्किए । उनै बोशले मिस युनिभर्स २०२५ को ताज जित्नुलाई प्रतिकात्मक विजयका रूपमा हेरिएको छ ।
प्रतियोगितामा थाइल्यान्डकी प्रवनीर सिंह पहिलो फर्ष्ट रनर अप रहिन् । भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थानमा रहँदा फिलिपिन्सकी अतिसा मनालो चौथो र कोट डी’आइवरकी ओलिभिया यासे पाँचौँ स्थानमामा रहिन् ।
शीर्ष ५ राउन्डमा फातिमा बोशलाई २०२५ मा महिलाहरूले सामना गर्ने सबैभन्दा ठुला चुनौतीहरू के हुन् र उनले मिस युनिभर्सको रूपमा महिलाहरूको लागि सुरक्षित ठाउँ कसरी सिर्जना गर्नेछिन् भनेर सोधिएको थियो ।
यसको जवाफमा फातिमाले ‘म आफ्नो आवाजको प्रयोग अरूका लागि गर्नेछु । हामी महिला साहसी छौँ र इतिहास रच्ने क्षमता पनि हामीसँग छ’ भनेकी थिइन् । शीर्ष ५ मा आएका अन्य प्रतियोगीहरूले पनि महिला सशक्तिकरण र विश्वव्यापी मुद्दाजस्ता विषयमा आफ्ना विचार राखेका थिए ।
अमेरिकाबाट सुरु भएको मिस युनिभर्स विश्वको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगितामध्ये एक हो । प्रतियोगितामा पछिल्लो समय देखिएका विवादलाई विश्लेषकहरूले सौन्दर्य प्रतियोगिताका थाई र मेक्सिकन मालिकहरू बिचको सांस्कृतिक र रणनीतिक भिन्नताहरू भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण