बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

शुक्रबार, ०५ मङ्सिर २०८२, १२ : १५
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • ‘ऊनको स्वीटर’ नामक चलचित्र शुक्रबारदेखि भारतका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको छ।
  • दार्जिलिङ, गान्तोक, सिलिगुडी लगायतका स्थानका हलहरूमा चलचित्र देखाइनेछ।
  • चलचित्रका कलाकारहरूले दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको छ।

काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ । भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेमा सिटीसेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमामा चलचित्र प्रदर्शन गरिएको हो । नयाँदिल्ली, असामलगायत स्थानमा भने आगामी हप्ता प्रदर्शन गरिने जनाइएको छ ।

गायक सुजन चापागाईं, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ र कालिम्पोङका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

राईले भने, “सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली चलचित्रको उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ । ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो, र यसले बलियो सङ्केत दिइसकेको छ ।”

यसअघि बुधबार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको राईले जानकारी दिए ।

चलचित्र गत वैशाख २६ गते प्रदर्शनमा आएको थियो । चलचित्रमा नवीन चौहानद्वारा लेखन तथा निर्देशन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप