गण्डकी प्रदेशमा ह्वात्तै घटे विद्यार्थी, प्राविधिक शिक्षामा आकर्षण
सारांश
- गण्डकी प्रदेशमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ, तर प्राविधिक शिक्षातर्फ आकर्षण बढेको छ।
- निजी विद्यालयमा विद्यार्थी संख्या बढेको छ, तर क्याम्पसहरू बन्द हुने क्रम बढेको छ र विद्यार्थी घटेका छन्।
- उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र रोजगारीका कारण विश्वविद्यालयमा विद्यार्थी संख्या घटेको छ।
पोखरा । गण्डकी प्रदेशको शिक्षा क्षेत्र निकै खस्किएको छ । सरकारी विद्यालयदेखि विद्यार्थीको संख्यासमेत अत्यधिक घटेको छ भने निजी क्षेत्रमा केही सुधार भएको छ ।
राष्ट्र बैंक पोखराले गरेको आर्थिक अध्ययन अनुसार झन्डै १० प्रतिशत सरकारी विद्यालयमा विद्यार्थी घटेका छन्, तर प्राविधिक शिक्षातर्फ आकर्षण केही बढेको छ । प्रतिवेदनअनुसार, समीक्षा वर्ष २०८१/८२ मा प्रदेशभरका सरकारी/सामुदायिक विद्यालय १.९३ प्रतिशत घटेको छ । एकै वर्षमा ३ हजार ३१० विद्यालयबाट घटेर ३ हजार २४६ कायम भएको छ ।
यस्तै, विद्यार्थी पनि ३ लाख ८२ हजार ९५५ बाट घटेर ३ लाख ४७ हजार १०४ मा झरेको छ । सरकारी विद्यालयको शिक्षकको संख्या पनि २४ हजार २४९ बाट घटेर २२ हजार ७४८ कायम भएको छ । ६.१९ प्रतिशत शिक्षक एकै वर्ष पेसाबाट पलायन भएका हुन् । संस्थागतर्फ भने सरकारीजस्तो निराशाजनक अवस्था छैन । केही सुधार देखिएको छ । विद्यालयको संख्यामा केही घटे पनि विद्यार्थी र शिक्षकहरू उल्लेख्य बढेका छन् । एक वर्षभरि ५ वटा निजी विद्यालय बन्द भएका छन् । ७२५ बाट झरेर ७२० वटा विद्यालय कायम भएको छ ।
विद्यार्थी संख्या भने ३.२२ प्रतिशत बढेको छ । २ लाख ६ हजार ७५४ विद्यार्थी आर्थिक वर्ष २०८०/०८१ मा निजी विद्यालयमा अध्ययनरत रहेकोमा पछिल्लो वर्ष अझै बढेर २ लाख १३ हजार ४१७ पुगेका हुन् । शिक्षक पनि ९ हजार ६३० बाट बढेर ९ हजार ७१३ पुगेको छ । प्राविधिक शिक्षालयतर्फ विद्यालयहरू ७२ बाट बढेर ७५ पुगेको छ भने विद्यार्थीहरू पनि ३ हजार ७८५ बाट बढेर ४ हजार ८० पुगेको छ । प्राविधिक शिक्षालयतर्फ नै शिक्षकहरू पनि ५५८ मा थपिएर ५८७ पुगेका छन् ।
तर विश्वविद्यालय र क्याम्पसहरूको अवस्था चिन्ताजनक छ । क्याम्पसहरू बर्सेनि बन्द हुने क्रम बढ्दो छ भने विद्यार्थीको संख्या पनि निराशाजनक अवस्थामै घटेको देखिएको छ ।
प्रदेशभित्र एकै वर्ष २ वटा क्याम्पस बन्द भएका छन् । ६४ क्याम्पस रहेको यहाँ अहिले ६२ वटामात्रै छन् । विद्यार्थीहरू ४९ हजार १९६ बाट एकै वर्ष घटेर ४६ हजार ५८५ मा झरेका छन् । तर, शिक्षकचाहिँ बढिरहेका छन् । पहिला २ हजार ६३७ शिक्षक रहेकोमा थपिएर २ हजार ६७२ कायम भएका हुन् । कक्षा १२ को अध्ययनपछि विदेश पढ्न जाने प्रवृत्ति र रोजगारीको सिलसिलामा देश छोड्नेहरूका कारण विश्वविद्यालयमा विद्यार्थी संख्या घटेका हुन् ।
रिपोर्टलाई विश्लेषण गर्दा रोचक पक्ष पनि देखिएको छ । सरकारीतर्फ एक जना शिक्षकको भागमा करिब १५ जना विद्यार्थी पर्छन् । एउटा विद्यालयले करिब १०७ जना विद्यार्थीलाई अध्यापन गराउँछ । निजीमा भने प्रतिशिक्षक २२ जना विद्यार्थी र एक विद्यालयमा करिब ३ सय जना विद्यार्थी भागमा पर्छ । थोरै जनशक्तिमा धेरै विद्यार्थी निजी विद्यालयले पढाइरहँदा धेरै शिक्षक भए पनि सरकारी विद्यालयको नतिजा र गुणस्तर बर्सेनि घट्दो क्रममा छ । तर, उच्च शिक्षा देशमै पढ्नेहरूले भने प्राविधिक विषयलाई रोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण