आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
सारांश
- द्वन्द्वपीडितहरूले आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै धर्ना दिएका छन्।
- उनीहरूले दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन्, न्यायको खोजीमा छन्।
- सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिवले पीडितको आवाज सम्बोधन गर्ने बताए।
काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरू दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् ।
‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति उनीहरुको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरे । आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनको माग छ ।
भण्डारीले उनीहरु करिब दुई दशकदेखि सत्यको खोजीमा रहे पनि राज्यबाट कुनै उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, “पीडितहरु न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौ । राज्यले जबरजस्ती आयोग गठन ग यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौ । आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ ।” पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरु प्रतिबद्धत रहेको बताए । द्वन्द्वपीडित, राजनीतिक दललगायतका सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण