चार महिनामा ४० करोडको फलफूल आयात
सारांश
- काँकरभिट्टा नाकाबाट चार महिनामा ४० करोडको फलफूल आयात भयो।
- गत वर्षको तुलनामा यस वर्ष फलफूल आयात १९ करोड ८९ लाखले बढ्यो।
- कात्तिकमा राजस्व सङ्कलन लक्ष्य अनुसार भएन।
झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।
अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको थियो । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गर्छ । काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ ।
चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन सकेन भने सूचना अधिकारी हुमागाईंले जानकारी दिए । उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो । तर सो अवधिमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण