बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव : सुरक्षा सतर्कता अपनाउन अनुरोध

शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ३५
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सवको सुरक्षा सतर्कताका लागि अनुरोध गरेको छ।
  • महोत्सवमा आउने स्वदेशी तथा विदेशी भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • प्रशासनले कुनै घटना, दुर्घटना वा आपराधिक गतिविधि भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा सुरु भएको विवाह पञ्चमी महामहोत्सवमा सुरक्षा सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो । 

सप्ताहव्यापी महोत्सवमा आउने स्वदेशी–विदेशी भक्तजनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले सुरक्षा संयन्त्रलाई थप जनशक्ति सहित क्रियाशील बनाइएको समेत जनाएको छ । जिल्ला प्रशासन कार्यालयले महोत्सवमा प्रहरी तथा सुरक्षाकर्मीहरूको सक्रिय गस्ती, निगरानी र भीड व्यवस्थापनका उपाय कडाइका साथ लागू गरिएको समेत जनाएको छ ।

प्रशासन कार्यालयले जनकपुरवासी तथा आगन्तुकहरूलाई निश्चिन्त रूपमा महोत्सवमा सहभागी हुन समेत आग्रह गरेको छ । साथै कुनै पनि घटना, दुर्घटना, चोरी–लुटपाट वा आपराधिक गतिविधि देखिएमा नजिकैको प्रहरी निकायलाई तुरुन्त खबर गर्न समेत सबैमा अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप