सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मतदाता नामावली दर्ताको समय सकिँदै

शुक्रबार, ०५ मङ्सिर २०८२, २२ : १०
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने समय थप गरेको थियो।
  • आयोगले मंसिर ५ गतेसम्मका लागि समय थप गर्दा करिब सात लाख नयाँ मतदाता थपिएका छन्।
  • राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको थियो।

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ ।

सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । 

यसबिचमा करिब सात लाख नयाँ मतदाता थपिएको जनाएको आयोगले मध्यरातिपछिको सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थपिएको सङ्ख्या उत्साहजनक भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप