सावित्रा बिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल, युवा खेलाडीलाई अवसर
सारांश
- सावित्रा भण्डारी बिना नै नेपालले इन्डोनेसियामा त्रिदेशीय महिला फुटबल खेल्ने तयारी गरेको छ।
- प्रशिक्षक नवीन न्यौपानेले युवा खेलाडीलाई अवसर दिँदै उपाधि जित्ने लक्ष्य राखेका छन्।
- नेपालले इन्डोनेसिया र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ, जसमा सावित्रा र गीता राणा घाइते छन्।
काठमाडौँ । स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इण्डोनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ ।
आगामी नोभेम्बर २६ देखि इण्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ । स्टार स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इण्डोनियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपाली टोलीले तयारी अन्तिम चरणमा पु-याउएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा नेपाली टोलीले पछिल्लो दुई हप्तादेखि तयारी गरिरहेको छ । प्रशिक्षक न्यौपाने युवा खेलाडी मीना देउवा र पूर्णिमा राई जस्ता युवा खेलाडीलाई अवसर दिएका छन् ।
सावित्राको अनुपस्थितिमा युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ । २७ सदस्यीय प्रारम्भिक टोलीबाट प्रशिक्षक न्यौपानेले २३ सदस्य टोली छनोट गरेका छन् । त्यसमा सावित्राको पनि नाम समावेश छ । तर उनको स्थानमा अन्य खेलाडीले अवसर पाउन सक्नेछन् ।
नेपाल महिला राष्ट्रिय फुटबल टोली आगामी ट्राइ नेशन कप खेल्न आईतवार इण्डोनेशिया जाँदैछ । मुख्य प्रशिक्षक नविन न्यौपाने र खेलाडी रेनुका नगरकोटीले तयारी सन्तोषजनक रहेको र राम्रो नतिजाको अपेक्षा गरेको बताए । प्रशिक्षक न्यौपानेकाअनुसार टोलीले यसअघि श्रीलंकामा भएको ट्राइ नेशन कप खेलेको थियो भने यसपटक इण्डोनेशियामा इण्डोनेशिया र चाइनिज ताइपेसँग प्रतिष्पर्धा गर्नेछ । तयारी स्वरूप तीन अभ्यास खेल खेलिएको थियो । जसमा इरानसँग पराजित भएपनि भारतलाई हराउन सफल भएको थियो । त्यसलगत्तै झापा गोल्डकपमा २२ जना खेलाडीलाई अवसर दिइएको र सबैको प्रदर्शन सन्तोषजनक रहेकाले सोही टोलीलाई निरन्तरता दिइएको न्यौपानेले बताए ।
यद्यपि, स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) घाइते भएकाले खेल्ने सम्भावना छैन । त्यस्तै गोलकिपर गीता राणा पनि घाइते रहेकाले नयाँ खेलाडीले अवसर पाउने प्रशिक्षक न्यौपानेले जानकारी दिए ।
खेलाडी रेनुका नगरकोटीले पनि तयारी समय पर्याप्त नभएको बताउँदै भारत भ्रमण र झापा गोल्डकपको लगत्तै इण्डोनेशिया जानुपरेको उल्लेख गरिन् ।
नेपालले इण्डोनेशिया र चाइनिज ताइपेसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । यो सिरिज नेपाली महिला फुटबलका लागि महत्वपूर्ण तयारी मानिएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण