खड्का र न्यौपानेलाई ११ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि
सारांश
- नेपालगन्ज म्याराथनमा खडकबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका छन्।
- खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुरी पुरा गर्दै गत वर्षको रेकर्ड ब्रेक गरे।
- महिला हाफ म्याराथनमा पूर्ण राज्यलक्ष्मीले १ घण्टा २१ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन्।
नेपालगन्ज । नेपाली सेनाका खडकबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले ११ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार नेपालगन्ज भएको म्याराथनमा खडक दुई लाख नगद र पूर्णलक्ष्मी नगद ७५ हजारसहित ट्रफी, पदकले पुरस्कृत भएका हुन् ।
म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुरी पुरा गर्दै देशकै सरल कोर्स मानिएको नेपालगन्जमा गत वर्षको रेकर्ड ब्रेक गर्न सफल भए ।
उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा नगद रु एक लाख र पदकबाट पुरस्कृत भए ।
तेस्रो स्थानमा आउन सफल नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दा पचास हजार नगद र पदकबाट पुरस्कृत भएका हुन् । यसमा त्रिभुवन आर्मीका विनोद रोकाय (२ः२०.३३) ले चौथो, एपीएफका राजन चौधरी (२ः३१.०६) ले पाँचौँ, सेनाका धनु मानन्धर (२ः३२.५०) ले छैटौँ स्थान हासिल गरे ।
त्यसैगरी यमराज खत्रीले (२ः५०.५५ घण्टा), सोम रावतले (२ः५७.४८ घण्टा) दिनेशजंग शाहीले (२ः५८.१९ घण्टा), रेशम छन्त्यालले (३ः०१.२० घण्टा), निर्मल लम्सालले (३ः२६.१३ घण्टा), अनिल थारु ३ः३१ः००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह विष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरेका छन् ।
हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पूर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपीएफ क्लबकी फुलमति रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे ।
उनीहरू क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद, पदकले पुरस्कृत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो । यसअघि उनले पाँचौँ संस्करणमा उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण