देशलाई कमजोर पार्ने खेल चलिरहेको छ : प्रचण्ड
सारांश
- प्रचण्डले देशलाई कमजोर पार्ने खेल भइरहेको बताए, राष्ट्रिय स्वाधीनता जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए।
- उनले युवा पुस्तालाई नयाँ नेतृत्वका रूपमा तयार पार्ने र आगामी चुनावमा अवसर दिने कुरा गरे।
- प्रचण्डले युवा पुस्ताको सुशासनको पहलकदमीले देशलाई नयाँ बाटो दिने बताए र पार्टी प्रवेश गराए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई कमजोर पार्ने खेलहरू चलिरहेको बताएका छन् । शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिस डाँडामा आयोजित जेनजीसँग नेकपा विषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरू चलिरहेको भन्दै राष्ट्र पहिलो भने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताए ।
जेनजीका विचार, एजेन्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई विजय गराउनुपर्ने उनले बताए । त्यस्तै प्रचण्डले युवाहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक रूपमा नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्ने र आउने चुनावमा धेरै भन्दा धेरै युवाहरूलाई अवसर दिने बताए ।
प्रचण्डले जेनजी युवा पुस्ताहरूले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गरे । कार्यक्रममा प्रचण्डले केही युवाहरूलाई युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टी प्रवेश गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण