४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’
सारांश
- ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइयो।
- सङ्ग्रहालयका प्रमुखले गोरखापत्रका सम्पादकलाई प्रेस हस्तान्तरण गरे।
- विद्यार्थीहरूले प्रेस मर्मतमा सहयोग गर्ने बताए।
काठमाडौँ । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट आज उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो ।
आज यहाँ सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे । करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठामा अब उक्त प्रेस राखिने तय भएको उनले बताए । २०३६ असोज १ गते संरक्षणका लागि प्रेसलाई सङ्ग्रहालयमा पठाउने निर्णय भएको छ ।
प्रेस हस्तान्तरण गर्नुअघि सङ्ग्रहालयका अधिकृत सुवास डङ्गोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिएका थिए । विगतमा संरक्षणका लागि सङ्ग्रहालयमा पठाइएको उक्त प्रेस स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पार्टपुर्जा खुला आकाशमुनि चउरमा रहेका थिए भने केही ‘स्टोर’मा थन्किएका थिए । केही पार्टपुर्जा भने गोरखापत्र संस्थान परिसरको जमिनमा पनि दबिएको हुनसक्ने अनुमान गरिएको छ ।
इन्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रूपमा प्रेसको आवश्यक मर्मतका लागि सहयोग गर्ने बताएका छन् । साथै राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भइरहेको गोरखापत्रका नायब कार्यकारी सम्पादक हुमागाईंले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा १९०८ सालमा उक्त प्रेस नेपाल ल्याएको इतिहास छ । बेलायतबाट ल्याएपछि सुरुमा प्रधानमन्त्री राणाकै थापाथली दरबारमा राखिए पनि पछि गोरखापत्रमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण