बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

शनिबार, ०६ मङ्सिर २०८२, २० : ४३
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • म्याग्दीमा दुई हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्, निर्वाचन कार्यालयले जनाएको छ।
  • मतदाता नामावली दर्ता गर्ने युवायुवती र विदेशबाट फर्केकाहरू बढी थिए ।
  • जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ र छ वटा स्थानीय तह छन्।

म्याग्दी । म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

उक्त अवधिमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । “आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराए”, उनले भने, “राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिए ।” उनका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाए भने १९० जनाको ठाउँसारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए ।

नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेको उनले जानकारी दिए ।

मालिका गाउँपालिका–४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताए । पहिलो पटक मतदान गर्न लागेका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेद्वार छनोट गर्ने धारणा राखे ।

निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप