बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा सम्पन्न

आइतबार, ०७ मङ्सिर २०८२, ०८ : १३
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा सम्पन्न भयो, जसमा नयाँ कार्यसमिति चयन गरियो।
  • नयाँ कार्यसमितिमा गणेश थापा अध्यक्ष, टेक बहादुर श्रेष्ठ र भरत गिरी उपाध्यक्ष चयन भए।
  • सभाले हात्तीडाँडा क्षेत्रका विभिन्न घरधुरी र एयरपोर्ट नगर क्षेत्रका परिवार सदस्यहरुलाई समेटेको छ।

काठमाडौँ। काठमाडौँको पूर्वी भागमा रहेको हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा आज सम्पन्न भएको छ । समाजको कार्यालयमा समाजका  लब्धप्रतिष्ठ सदस्यहरूको उपस्थिति र रोहवरमा सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

उपत्यका बाहिरबाट आई स्थायी रूपमा बसोबास गरिरहेका यस नयाँ बस्तीमा हात्तीडाँडा क्षेत्रका ब्लक (ए, वि, सि, र डी का करिब १४५  घर धुरी र एयरपोर्ट नगर क्षेत्रका विश्रान्ति मार्ग, आदर्श मार्ग, सुन्दर शिखर मार्ग र गोकुलधाम मार्गका करिब १६५ घर धुरी परिवार सदस्यले बसोबास गर्छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको सम्मुखमै  रहेको  उक्त समाजले सदस्यहरूको आफ्नै आर्थिक लगानी र पहलमा  बाटो, बत्ती ढल–मंगल, सिसिटिभी, वालमैत्री उध्धान, खुल्ला व्यायामशाला लगायत विकासका काम गरेको छ ।  

शनिबार भएको भेलाले अध्यक्षमा गणेश थापा, उपाध्यक्षमा टेक बहादुर श्रेष्ठ र भरत गिरी, महासचिवमा अधिवक्ता राजु कटुवाल, सचिवमा अधिवक्ता हिराकाजी बस्नेत कोषाध्यक्षमा कृष्णमाई गौतम (विनीता)लाई चयन गरेको छ ।  सदस्यहरूमा  राममणि न्यौपाने, राजमणि भट्टराई, लक्ष्मी थापा, श्याम परियार, मनीषा जिसी र कविता ढकाल रहेका छन् । 

hatidanda2

भेलामा उपस्थित समाजका अग्रज समाजसेवी तथा सल्लाहाकारहरुले पुरानो समितिले गरेको उत्कृष्ट काम र योगदानको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । 

अध्यक्ष गणेश थापा, उपाध्यक्ष टेक बहादुर श्रेष्ठ र कोषाध्यक्ष विनीता गौतमको यो दोस्रो कार्यकाल हो भने  महासचिव अधिवक्ता राजु कटुवाल तेस्रो कार्यकालका निर्वाचित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप