बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यो हो कफी पिउने उत्तम समय

आइतबार, ०७ मङ्सिर २०८२, १२ : ०६
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • कफी धेरै मानिसहरूको लागि एक ऊर्जा बढाउने पेय पदार्थ हो तर गलत समयमा पिउनाले यसले नकारात्मक असर पार्न सक्छ।
  • नयाँ अनुसन्धानले शरीरको कोर्टिसोल हर्मोनको स्तर अनुसार कफी पिउने उत्तम समय निर्धारण गरेको छ।
  • बिहान ६ देखि ९ बजेको बीचमा कफी पिउनुको सट्टा, ९:३० देखि ११:३० वा दिउँसो २:०० देखि ४:०० बजे पिउनु उपयुक्त हुन्छ।

काठमाडौँ । कफी अहिले संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थमध्ये एक हो । बिहान उठ्ने बित्तिकै मानिसहरू कफीबाट दिनको सुरुआत गर्छन् । धेरैका लागि, यो एउटा इनर्जी बुस्टर पनि हो । यसले थकान हटाउँछ, दिमागलाई सक्रिय बनाउँछ, र फोकस पनि बढाउँछ । 

कफी आफैँमा हानिकारक छैन । तर  गलत समयमा पिउनाले यसले तपाईँलाई कमजोर, चिडचिडे र थकित महसुस गराउन सक्छ । 

मानव शरीरले पनि घडीले जस्तै गरी काम गर्ने स्ट्यानफोर्ड विश्वविद्यालयको क्लक बायोलोजीमा आधारित नयाँ अनुसन्धानले औँल्याएको छ । हाम्रो शरीरमा फरक फरक हर्मोन फरक फरक समयमा सक्रिय हुन्छन् । यदि हामीले शरीरले कफीलाई साँच्चै ऊर्जामा रूपान्तरण गर्न सक्ने बेलामा यसको सेवन गर्‍यौ भने यसको असर दुई गुणा हुन्छ र दिनभरि शरीर ऊर्जावान् महसुस गर्छ ।

बिहान उठ्ने बित्तिकै कफी पिउनु किन छ गलत ?

हाम्रो शरीरले स्वाभाविक रूपमै बिहान ६ देखि ९ बजेको बीचमा कोर्टिसोल नामक हर्मोन उत्पादन गर्छ । यो हर्मोन आफैँमा प्राकृतिक इनर्जी बुस्टर हो । हामीले यस समयमा कफी पियौँ भने, दुई समस्याहरू उत्पन्न हुन्छन् शरीरले कफीलाई प्रभावकारी रूपमा चिन्न सक्दैन, र शरीरको प्राकृतिक ऊर्जा बिस्तारै डिस्टर्ब हुन थाल्छ । बिहान उठ्ने बित्तिकै कफी पिउने मानिसहरूले केही घण्टामै फेरि थकित महसुस गर्नुको कारण यही हो ।

कुन हो कफी पिउने सही र वैज्ञानिक समय

क्लक बायोलोजीका अनुसार, कफी पिउने सबैभन्दा राम्रो समय बिहान ९ः३० देखि ११ः३० सम्म वा दिउँसो २ः०० देखि ४ः०० सम्म हो । यी दुई समयमा, शरीरको कोर्टिसोलको स्तर थोरै घट्छ, र क्याफिनले आफ्नो जादु काम गर्छ, ऊर्जा बढाउँछ, दिमागलाई सतर्क बनाउँछ र मुड पनि सुधार्छ ।

दिउँसो २ः०० बजे आसपास हाम्रो शरीरको ऊर्जा स्वाभाविक रूपमा घट्न थाल्छ । यसलाई प्राकृतिक पोस्ट–लन्च डिप भनिन्छ । यस समयमा एक कप कफीले शरीरलाई सतर्क राख्छ र निद्रा वा आलस्यबाट बचाउँछ । क्याफिन शरीरमा ६ देखि ८ घण्टासम्म सक्रिय रहने भएकोले ४ बजे पछिको कफीले निद्रामा बाधा पुर्‍याउन सक्छ ।

दिनभरमा कति कफी पिउनु ठिक हुन्छ ?

विज्ञहरूले दिनमा एक वा दुई कप कफी सेवन पर्याप्त हुने सुझाव दिन्छन् । धेरै कफी पिउनाले तपाईंको मुटुको धड्कन बढ्न सक्छ, आत्तिएको जस्तो महसुस हुन सक्छ र निद्रा बिथोल्न सक्छ ।  

अस्वीकरण: यो सामाग्री अनलाइन जानकारीका आधारमा तयार पारिएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप