हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
सारांश
- बारा र पर्सामा ९० प्रतिशतभन्दा बढी मानिसलाई हैजाविरुद्धको खोप लगाइयो।
- स्वास्थ्य सेवा विभागका अनुसार, यो खोप अभियान दुई चरणमा सम्पन्न भयो।
- डाक्टर गौतमले यो खोप अभियान अहिलेसम्मकै सबैभन्दा धेरै कभरेज भएको बताइन्।
काठमाडौँ । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएकाे छ । दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएकाे हाे ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए । उनी भन्छन्, ‘बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइयो ।’
बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएकाे थियाे । शाखा प्रमुख डा गौतमले ती दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताए ।
‘अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाउने गरिन्थ्यो’, उनले भने, ‘घरघर गएर खोप लगाएकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।’
उनले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाइएकाे बताए । गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका ६ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण