चिसो बढेसँगै हिटर र गिजर लगायतका वस्तुको किनमेल बढ्यो
सारांश
- काठमाडौं उपत्यका लगायत देशैभर जाडो बढ्दै जाँदा न्यानोका लागि आवश्यक सामानको व्यापार बढेको छ।
- विद्युतीय सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दा हिटर, गिजरको व्यापारमा वृद्धि भएको व्यवसायीको भनाइ छ।
- बजारमा हिटरको मूल्य ७ सयदेखि हजारौं रुपैयाँसम्म रहेको छ, अधिकांश चीन र भारतबाट आयात हुन्छन्।
काठमाडौँ । राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ । राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरू पनि बढ्न थालेका छन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरूको आकर्षण बढेको छ ।
दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौँमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको व्यापारीहरू बताउँछन् । कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार यो समयसम्म आइपुग्दा तीव्र हुन थालेको व्यवसायीहरूको भनाई छ । जाडो सुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको व्यापारमा वृद्धि हुने व्यापारीहरू बताउँछन् ।
कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर र तातोपानीका धाराहरू धेरै बिक्री गरिरहेको बताए । व्यवसायी बरालले भने– ‘हिटर, तातोपानीका धारासहित जाडोमा प्रयोग हुने वस्तुहरू बिकिरहेका छन्, पहिलेको जस्तो सोचेअनुसार त व्यापार छैन, तर पनि सिजन अनुसारको जाडोको समानहरूको बिक्दैछ । सबै प्रोडक्टमा प्राइजको स्टिकर लगाएर आउने गरेको छ । पहिला त्यस्तो थिएन । मनपरी व्यापारीले लिनुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । कम्पनीले यकिन गरेको हुन्छ । अहिले बजारको रेट फिक्स जस्तै छ । कस्टोमर ठगिने त्यस्तो गुनासो छैन ।’
काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटी अहिले नेपाली बजारमा दर्जनौँ नाम तथा ब्रान्डका हिटरहरू भित्रिएको बताउँछन् । अध्यक्ष शिवाकोटीले भने, ‘नाम र कम्पनी अनुसार मूल्य पनि फरक फरक छ । उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारिक डिलर, व्यवसायीमार्फत जानकारी दिएर किन्नुपर्छ ।’
उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्न सक्ने अनुमान छ । उनका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ ।
अहिले बजारमा ग्यास तथा बिजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरू पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्यान हिटर समेत बजारमा उपलब्ध रहेको छ ।
अहिले बजारमा ७ सयदेखि हजारौँ मूल्यसम्म पर्ने हिटरहरू उपलब्ध छन् । नेपाली बजारमा भित्रिएका हिटरहरू धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरूबाट समेत आयात भइरहेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण