जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
सारांश
- डा. भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिका लागि पार्टी अग्रसर हुने बताए।
- उनले देशको विषम परिस्थितिबाट राष्ट्रलाई जोगाउन पार्टी एक भएको जानकारी दिए।
- पार्टीले सुदूरपश्चिमबाट सुरु हुने गरी सन्देश सभा गर्ने निर्णय गरेको छ।
कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताएका छन्।
मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताए।
नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुवाआत सुदूरपश्चिमबाट हुन लागेको बताए।
सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ। उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो।
प्रदेशस्तरी एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण