पुस्तान्तरण अस्वीकार गर्ने ठुला दल वृद्ध क्लब बन्दैछन् : सुदन किराती
सारांश
- एक नेताले पुरानो पार्टीको आलोचना गर्दै भ्रष्टाचार, नातावाद र कृपावादको अन्त्यको लागि पुस्तान्तरण र रूपान्तरणको कुरा उठाए।
- उनले पार्टीभित्र रूपान्तरणको प्रयास असफल भएको र ठूला दलहरू वृद्धा क्लब खोल्ने प्रतिस्पर्धामा लागेको आरोप लगाए।
- उनले नयाँ पार्टी निर्माण गर्दै जनताको सेवा र नेपालको राजनीतिमा नयाँ इतिहास र कोसेढुङ्गा बनाउने प्रतिबद्धता व्यक्त गरे।
ठुला ठुला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए झन्डै भाग पाएनन्। प्रधानमन्त्री हुँदा पनि झन्डै भाग पाएनन्, हामीले भनेको होइन उहाँकै मुखबाट सुनेको, पाँच मिनेट ढिलो भएको भए बरबाद हुन्थ्यो। लोकतन्त्रको निम्ति लडेका नेताहरू हामीलाई लाग्थ्यो काठमाडौँको धरहरा जस्तै, हेर्दाहेर्दै लिलिपुटको मान्छे जस्तै भए। र आज हामी मात्रै होइन आजभन्दा अगाडि जेनजी विद्रोह भयो, उहाँहरूको नाति नतिना पुस्ताले, हाम्रो पनि छोराछोरी पुस्ताले आज रगतको टाटा हाम्रा छोराछोरीहरूको सडकमा सुक्न नपाउँदै ठुल–ठुला गर्जनहरू सुरु भएका छन्, प्रतिक्रान्तिको आवाजहरू प्रतिध्वनित भइराखेका छन्। कतै कुनै प्रकृतिबाट, कतै कुनै प्रकृतिबाट, जुन बाटो गए पनि पुग्ने मन्दिर एउटै हो, अन्ततः त्यो प्रतिक्रान्ति नै हो। यति ठुलो अझै पनि भन्नुहुन्छ उहाँहरू, यो जेनजी विद्रोह त विदेशीको कारणले भनेर लाज पनि लजाउने गरी अभिव्यक्ति दिइराख्नु भएको छ र यो हाम्रो पार्टी त्यसलाई सम्पूर्ण रूपले खारेज गर्दछ।
आफ्नो कोठा खुल्ला राख्ने, कोठामा धान छर्ने, भकारीलाई नबाँध्ने अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? ४०-३६ वर्षदेखि जनयुद्ध लडेर आएपछि, २० वर्षदेखि राजसत्तामा को छ एकलौटी ? केही मान्छेहरू म्युजिकल चेयर खेलेर देशलाई कङ्गाल बनाएर, देशका दरबाजाहरू फुटाएर चुकुलहरू नलगाएर आफूले देशको स्वाधीनतालाई कमजोर बनाउने अनि विदेशीलाई दोष लगाउने ? पुर्खाले भन्छ, आफ्नो थैली बाँध्नु साथीलाई चोर नलगाउनु। हाम्रा अग्रजहरूले साथीलाई चोर लगाए, थैली बाँधेनन्, यसलाई पनि हामी खारेज गर्छौँ।
अब मानिसहरूले मलाई धेरै भने, आज पनि पत्रकार साथीहरूले बाहिर घेरेर भने, तपाईँले त धेरै अवसर पाएको पार्टीमा। अनि तपाईँ त्यति धेरै लगानी त्यो पार्टीमा गएर किन छोडेर हिड्नुभो ? पार्टी त १२ वटा उतै एकता हुँदै थियो, यता तपाईँहरू त थोरै देखिनुहुन्छ भनेर प्रश्न गर्नुभयो। र मैले भन्दै गरेको छु, मैले के भन्दै गरेको छु भने हाम्रो राम दाइले पनि सधैँ भन्नुहुन्छ, महाभारतमा धृत राष्ट्र थियो। हस्तिनापुरमा लामो शासन गर्यो तर जनतालाई अन्याय गरेर अन्याय र न्यायको बिचमा लडाइँ हुँदै जाँदा खेरि हस्तिनापुरमा राज्य, हस्तिनापुरमा बसेर राज्य सञ्चालन गर्ने धृत राष्ट्र अन्तिममा हार्दै हार्दै हार्दै जाँदा खोलाको डिलमा एउटा गोठमा बास बस्न पुगेका थियो र त्यो गोठ पनि आगोले खरानी भएको थियो। आज हाम्रा नेताहरू पनि ठुला ठुला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए झन्डै भाग नपाएन। प्रधानमन्त्री हुँदा पनि झन्डै भाग नपाएन, हामीले भनेको होइन उहाँकै मुखबाट सुनेको, पाँच मिनेट ढिलो भएको भए बरबाद हुन्थ्यो। आज त्यसरी नै हस्तिनापुर गुमाएर नदीको डिलमा पुगेको धृत राष्ट्र जस्तै कोही गुन्डु पुगेको छ, कोही कहाँ पुगेको छ, हामीले हाम्रो आँखाले हेरिराखेकै छौँ।
त्यसो भएको हुनाले त्यही महाभारतकै हामीले कथालाई सापट लिँदा, हजारौँ हजार अस्त्रशस्त्रले सजिएका यदुवंशी सेनाहरू थिए, हामीले यदुवंशी सेना रोजेनौँ, रोज्यौँ त केवल बाबुराम भट्टराई जस्तो, रोज्यौँ त केवल जनार्दन शर्मा जस्तो, हामीले रोज्यौँ त केवल राम कार्की जस्तो अनि ओजस्वी भट्टराई जस्तो कृष्ण रोजेका छौँ। र हामी यो न्यायपूर्ण लडाइँमा हार्ने छैनौँ र हामी जित्ने छौँ, यही आत्मविश्वासका साथ हामीले कृष्ण रोजेका हौँ। अब हामीलाई त चाहना थियो पुरानै पार्टी रूपान्तरण गर्ने। लामो समयदेखि हामी सङ्घर्षमा पनि थियौँ तर हाम्रो कुरा त्यहाँ कतै गुन्जायस भएन, सुन्ने चेष्टा गरिएन। हामीले हाम्रो पार्टी भित्र रूपान्तरणको कुरा उठाएका थियौँ, हाम्रो पार्टी भित्र हामीले पुस्तान्तरणको कुरा उठाएका थियौँ। तर ती पुस्तान्तरण र रूपान्तरणको अर्थ भ्रष्टाचार, नातावाद, कृपावाद, सामाजिक सञ्जाल मात्रै होइन जेनजीहरूले गरेको विद्रोहमा नबोलेर अर्को दिएको सन्देश पुस्तान्तरण नै हो, रूपान्तरण नै हो। आज त्यो ठुला दलहरूले र ठुला पार्टीले ती मुद्दाहरूलाई ओझेलमा पार्दै बरु वृद्धा क्लब खोल्ने प्रतिस्पर्धामा उहाँहरू लाग्नु भएको छ। उहाँहरूलाई हाम्रो सम्मान छ, हामी अपमान गर्दैनौँ तर आजको आवश्यकता, आजको समयको ढुकढुकीलाई उहाँहरूले बुझ्न नसकेको हुनाले हामीले यो बाटो लिएका छौँ, म यही भन्न चाहन्छु।
र हामी केवल एक थान पार्टी मात्रै बनाउन चाहिरहेका छैनौँ, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन। हामी एउटा पार्टी, पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीको हजारौँ हजार भक्तहरू हामीले निर्माण गर्नु छैन। हामीले त जनताको सेवा गर्ने, आजको समस्यालाई समाधान गर्ने, त्यो विचार, विधि सहितको नेतृत्व, पार्टी र त्यो शक्ति निर्माण गर्न खोजेका छौँ र गम्भीरताका साथ म अपिल गर्न चाहन्छु, भन्न चाहन्छु, यो हाम्रो पार्टी एकता मात्रै होइन नेपालको राजनीतिमा ९० वर्ष पछाडिको यो एउटा नयाँ र ठुलो ऐतिहासिक कोसे ढुङ्गा हो। आजदेखि हामी नयाँ इतिहासको जिम्मा लिने आँट सहित यो हामीले नयाँ कामको प्रारम्भ पनि गरेका छौँ।
(प्रगतिशील लोकतान्त्रिक पार्टी एकतासभामा किरातीले राखेको धारणाको सार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण