चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
सारांश
- नयाँ नेपाली चलचित्र 'स्त्री' फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
- जीवन शाहीको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ।
- 'स्त्री' को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने एप्पल इन्टरटेनमेन्ट लगायतले देशभर वितरण गर्नेछन्।
काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा सँगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। रामशरण उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन्।
सह–निर्मातामा सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजवंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन्।
निर्माता समीर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण