देउवाकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ : नेता गुरुङ
सारांश
- नेपाली कांग्रेसका नेता कल्याण गुरुङले विशेष महाधिवेशनको प्रस्ताव नआएको बताए।
- निर्वाचनअघि महाधिवेशन सम्भव नभएकोले वर्तमान सभापतिकै हस्ताक्षरमा निर्वाचनमा जाने कुरा श्रेष्ठले बताए।
- विशेष महाधिवेशनले पार्टी पदाधिकारी हटाउने व्यवस्था विधानमा नभएको गुरुङको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको बताएका छन् ।
श्रेष्ठले निर्वाचन अघि महाधिवेशन सम्भव नरहेकोले वर्तमान सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने ठेकुवा गरेका छन् ।
विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहिँ कतै नलेखिएको पनि उनले दाबी गरेका छन् ।
उनले भनेका छन्– 'विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रूपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण