युक्रेन र रुसले गरे एक अर्कामाथि आक्रमण
मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : ०१
सारांश
- युक्रेनमा शान्ति वार्ता चलिरहेका बेला रुस र युक्रेनले एकअर्का माथि हमला गरेका छन्।
- रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा २ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।
- रुसले युक्रेनको आक्रमणमा तीन जना मरेको बताएको छ र २४९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।
किभ । युक्रेनमा शान्ति स्थापनाका लागि यतिबेला व्यापक वार्ता भइरहेको छ । जेलेन्स्कीले पनि हालै अमेरिकाले पेश गरेको शान्ति योजना हेरफेरको स्वागत गरेका थिए । तर यस्तै खबरका बीचमा गए राति रुस र युक्रेनले एक अर्कामाथि हमला गरेका छन् ।
रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा परेर किभमा २ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा अरू ६ जना घाइते भएको खबर आएको छ ।
उता रुसले पनि युक्रेनको आक्रमणमा तीन जना मरेको बताएको छ । रातभरमा आफ्ना सेनाले २४९ वटा युक्रेनी ड्रोन खसालेको रुसको रक्षा मन्त्रालयले बताएको छ । यी आक्रमणमा कम्तीमा पनि तीन जनाको मृत्यु भएको रोस्तोभ क्षेत्रका कार्यकारी गभर्नर युरी सिलुसारले टेलिग्राममा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण