एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपा प्रवेश
मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : २७
सारांश
- दोलखाका पूर्व एमाले सचिव भरतप्रसाद दुलाल नेकपामा प्रवेश गरेका छन्।
- प्रचण्ड र माधव नेपालले उनलाई पार्टीमा स्वागत गरेका थिए।
- दुलालले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न नसकेको भन्दै नेकपा रोजे।
काठमाडौँ । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव तथा सैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएको प्रचण्डको सचिवालयले जानकारी दियो।
पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए।
सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण