पाकिस्तानी सैन्य कारबाहीमा अफगानिस्तानमा ९ बालबालिकासहित १० जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको खोस्ट प्रान्तमा पाकिस्तानी सैन्य कारबाहीमा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालक, ४ बालिका र एक जना महिला छन् । पाकिस्तानी सेनाले सोमबार राति सीमा क्षेत्रमा आक्रमण गरेको अफगान तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गेरबाज्वो जिल्लाका स्थानीय विलायत खानको घरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा घर पूर्णरुपमा ध्वस्त भएको छ । पाकिस्तानी सेनाले खोस्ट, कुनार र पक्तिका प्रान्तहरूमा हवाई आक्रमण गरिरहेको छ ।
तालिबान नेता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा घरको भग्नावशेष र मृतक बालबालिकाको शव देखिएको छ । पाकिस्तानी सेना र पाकिस्तानी विदेश मन्त्रालयले अहिलेसम्म घटनाबारे कुनै आधिकारिक बयान जारी गरेका छैनन् ।
पाकिस्तानको पेशावरमा दुई आत्मघाती आक्रमणमा तीन अर्धसैनिक कर्मचारी मारिएको एक दिनपछि अफगानी सीमा क्षेत्रमा यो सैन्य कारबाही भएको हो ।
पछिल्ल केही महिनायता पाकिस्तान र अफगानिस्तानबिच तनाव निरन्तर बढ्दै गएको छ । अक्टोबरमा पाकिस्तानी र अफगानी सेनाबिचको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो । यसलाई सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन फर्किएपछिको ठुलो द्वन्द्व मानिन्छ । पछि दुवै पक्ष दोहामा युद्धविराम सम्झौतामा पुगेका थिए । त्यसपछि टर्कीमा भएको शान्ति वार्ता बिना निष्कर्ष टुंगिएको थियो । यसको मुख्य कारण अफगानिस्तानमा सक्रिय पाकिस्तान विरोधी संगठनविरुद्ध कडा कारबाही गर्नुपर्ने पाकिस्तानको माग रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण