नवलपरासीमा ६ हजार मतदाता थपिए
मङ्गलबार, ०९ मङ्सिर २०८२, १३ : ५५
सारांश
- नवलपरासीमा छ हजारभन्दा बढी मतदाता थपिएका छन्।
- निर्वाचन कार्यालयका अनुसार पुरुष र महिला गरी विभिन्न मतदाताले नाम दर्ता गराए।
- राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको संख्या उल्लेख्य छ।
नवलपरासी । पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी सुजाता खत्रीले बताइन् । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको समेत उनले बताइन् । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण