प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग
मङ्गलबार, ०९ मङ्सिर २०८२, १३ : ५७
सारांश
- जेनजी फ्रन्टले प्रवासी नेपालीलाई मताधिकारको पहुँच दिन माग गर्यो।
- कर्णाली प्रदेशकी बिनिता बोगटीले निर्वाचन आयोगलाई मागपत्र बुझाएको बताइन्।
- आगामी निर्वाचनदेखि नै मतदानको व्यवस्था लागू गर्न उनीहरूको माग छ।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ ।
फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायत आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई उनीहरुले उक्त मागपत्र बुझाएको बताइन् ।
सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ । आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरुकोे माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण